Nepal
Nepal

Caregiver Jobs in Israel 2026 – Applications open for 2,300 Workers from Nepal

नेपाल सरकार

युवा, श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरिएको सूचना

(नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार)

विज्ञापन नं. ०१/८२/८३

मिति: २०८३/०२/१३

इजरायलका दीर्घकालीन स्याहार केन्द्र (Auxiliary Workers employed in Long Term Care Facilities,
including in group homes located in individual Apartment) मा गम्भीर शारीरिक तथा मानसिक
अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरुको स्याहारको लागि सहायक कामदारको रुपमा कार्य गर्न
तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले
२१ दिन भित्र यस विभागको वेब पोर्टल ferms.dofe.gov.np मा online आवेदन दर्ता गर्न
तपसिल बमोजिमका विवरण सहित सम्बन्धित सबैका जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रथम पटक प्रकाशित मितिः २०८३/०२/१३
Online दरखास्त पेश गर्न शुरु हुने मिति: २०८३/०२/१७ राती १२:०० बजे देखि
दरखास्त पेश गर्ने अन्तिम मिति: २०८३/०३/०७ गते राती १२:०० बजेसम्म

नेपाल–इजरायल केयरगिभर रोजगारी विवरण २०२६

  • पद: सहायक कामदार (Caregiver / Assistant Worker)
  • माग संख्या: २३०० जना
  • तलब: 6245.5 NIS प्रति महिना
  • काम गर्ने दिन: हप्तामा ६ दिन
  • खाना सुविधा: स्वयंले व्यहोर्नुपर्ने
  • बस्ने सुविधा: रोजगारदाताले व्यवस्था गर्ने
  • बिदा: इजरायली कानून अनुसार
  • करार अवधि: सुरुमा १ वर्ष, अधिकतम ५ वर्षसम्म

आवश्यक न्यूनतम योग्यता

१। आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२। आवेदकको उचाई कम्तिमा १।५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३। आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि।एम।ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४। प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा १४ महिना बाँकी रहनुपर्ने छ ।
५। आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६। आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।
७। आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ ।

आवेदन प्रक्रिया

  • अनलाइन आवेदन विभागको वेब पोर्टल मार्फत मात्र स्वीकार गरिनेछ। Click here to login
  • राहदानी अनिवार्य हुनेछ।
  • सम्बन्धित कागजातहरु स्क्यान गरी अपलोड गर्नुपर्नेछ।
  • अन्तिम छनोट इजरायली पक्षको प्रक्रियाअनुसार हुनेछ।

महत्वपूर्ण सूचना

  • झुट्टा विवरण पेश गरेमा आवेदन स्वतः रद्द हुनेछ।
  • सबै प्रक्रिया वैदेशिक रोजगार विभागको नियम अनुसार हुनेछ।
  • आवेदन शुल्क तथा अन्य विवरण विभागको पोर्टलमा उपलब्ध हुनेछ।

पूर्ण जानकारी को लागी
Download Demand PDF

Government of Nepal
Ministry of Labour, Employment and Social Security
Department of Foreign Employment
(Foreign Employment Recruitment Management System)
द्वारा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *